
अलिबाबाका संस्थापक ज्याक माले ६ दिनमा ६ पटक यौनसम्पर्क राख्न आफ्ना कर्मचारीहरुलाई सुझाएका छन् ।
हप्ताको छ दिन बिहान ९ देखि राति ९ बजेसम्म काम गर्न सुझाएर यसअघि नै विवादमा आइसकेका अलिबाबा संस्थापक ज्याक माले यस्तो नयाँ सुझाव ल्याएका हुन्।
चीनका यी सबैभन्दा धनी व्यक्तिले आफ्ना कर्मचारीहरुको सामूहिक विवाहोत्सवमा काममा ९९६ र जीवनमा ६६९ को दर्शन अवलम्बन गर्न आग्रह गरेका हुन्।
हप्ताको ६ दिन ९ बजे बिहानदेखि ९ बजे रातिसम्म काम गरेपछि कोसँग चाहिँ हप्ताको छ दिन छ पटक यौनसम्पर्क राख्न बल हुन्छ?’ एक कर्मचारीले आक्रोश व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमा उनका यी दुवै सूत्रहरुको व्यापक आलोचना भइरहेको छ। ६६९ सम्बन्धी कोट अलिबाबाको आधिकारिक पृष्ठ बेइबोमा आँखा झिम्क्याएको इमोजीसहित पोस्ट गरिएको आइएनएसले उल्लेख गरेको छ।
एजेन्सी