चार हात, चार खुट्टा भएको बच्चा टीकापुरमा

२०७५ असार १९, मंगलवार १४:०४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

टीकापुर अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । अस्पतालमा चार हात, चार खुट्टा र २ मेरुदण्ड रहेको अनौठो बच्चाको जन्म भएको हो ।

जिल्लाको जानकी गाउँपालिका–३ लायकपुरकी २२ वर्षीया शान्ति चौधरीले अनौठो बच्चा जन्माएकी हुन् ।

अस्पतालका अनुसार राति ११ बजेतिर बच्चाको जन्म भएको हो । सोमबार दिउँसो ३ बजे व्यथा लागेपछि आमालाई राति १० बजे अस्पताल पुर्याइयो। अस्पताल पुर्याएको केही समयमै नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ । उनको यो पहिलो सन्तान हो । नवजात बच्चा जिवितै रहेको अस्पतालले जनाएको छ । यस्तो अनौठो बच्चाको जन्मले अहिले सबैजना आश्चर्यमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय