भारत र नेपाल बीचको सिमा विवाद चलिरहेकाबेला गायक रामचन्द्र काफ्लेले सिमा सम्बन्धी गित सार्वजनिक गरेका छन् ।
सुरक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्रु बोलको गीत सार्वजनिक भएको हो । गायक रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रक्षा गरौं सिमाको अब ,तब बन्छ राष्ट्र बोलको गीत शुक्रबार युट्युवमा सार्वजनिक भएको हो ।
गीतमा गायक काफ्लेकै संगीत रहेको छ भने सुरेन्द्र केसीको शब्द रहेको छ । भिडियोमा हरिवंश आचार्य, शिवहरि पौडेल, किरण केसी, पूजा शर्मा, युवराज चौलागाई,आकाश श्रेष्ठको अभिनय रहेको छ ।
त्यस्तै भिडियोमा फिलिप डिसी, सुवास रेग्मी, हरि बहादुर थापा, रुपक डोटेल, अनिल थापा, निरज काफ्ले, दिपेन्द्र ढकाल, जोनिश खनाल, बिनोद क्षेत्री, कृष्णराम वस्ती, लगायतका कलाकारहरुको अभिनय रहेको छ । भिडियोलाई दिपेन्द्र केसीले निर्देशन गरेका हुन् ।


