आंटाको पीठो संगै १५ हजार दिंदा आमीरको वाहैवाहै

२०७७ बैशाख २१, आईतवार ०४:५३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बलिउडमा मिस्टर परफेक्सनिष्टको नामले छुट्टै पहिचान बनाएका आमिर खानले लकडाउनको बेलामा गरिब विपन्न परिवारलाई गरेको सहयोगको तरिका अहिले सामाजिक सञ्जालमा चर्चित छ ।

आमिर खानले मध्य रातमा मुम्बइको गरिव वस्तिमा एक ट्रक आटा लगेर सुचना दिए कि जसलाई अभाव छ उसले जम्मा एक किलो मात्र आटा पाउने छ । धेरैले जाबो एक किलो आटा लिनलाई को लाइनमा उभिन्छ भनेर लिन गएनन् ।

तर जसलाई एकदमै खाँचो थियो उनिहरु गएर एक एक किलो आटाको पोको लिएर आए । घरमा गएर आटाको पोको खोल्दा हरेक पोकोमा पिठोभित्र पन्ध्र हजार भारु राखिएको रहेछ । पहिले नै यति पैसा बाँडिदैछ भनेर सुचना दिएको भए सबै जना लाइन बस्थे होला ।

बाहिरबाट आफ़न्तहरु बोलाएर पनि थाप्थे होला । तर यस तरिकाले जोजस्लाई वास्तवमै खाँचो थियो उनीहरुले मात्र पाए । आमिर खानले बलिउडका अन्य स्टारले भन्दा फरक तरिकाले सामाजिक सेवा गर्ने गर्छन् । त्यसैले पनि आमिरले फरक तरिका अपनाएर सहयोग गरेको भन्दै फ्यानले धन्यवाद समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय