बुधबार मात्रै बलीउडका लोकप्रीय अभिनेता इरफान खानको क्यान्सरका कारण निधन भयो ,त्यसको २४ घन्टा बित्न नपाउदै अर्का
भारतीय अभिनेता ऋषि कपूरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । दुवै अभिनेताको क्यान्सरले ज्यान लिएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका कपूरको आज उपचारका क्रममा निधन भएको हो ।
हिन्दुस्तान टाइम्सका अनुसार अभिनेता अमिताभ बच्चनले पनि कपूरको मृत्युको पुष्टि गरेका छन् । ट्वीटरमा लेखेका छन्, ‘उनी गए ,ऋषि कपूर, गए।। अहिले भर्खर बिते ,म विक्षिप्त भएको छु ।’

अमेरिकामा भन्डै एक वर्ष क्यान्सरको उपचार गरेपछि गत सेप्टेम्बरमा ऋषि मुम्बई फर्किएका थिए ।


