कलाकारसंघले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि गरीएको लकडाउनका कारण समस्यामा परेका कलाकारहरुलाई निरन्तर राहत बितरण गर्ने जनाएको छ ।
यसैबीच नेपाल चलचित्र कलाकार संघका अधक्ष्य रबिन्द्र खड्काको समन्वय तथा नेपाल शाकाहारी पार्टीको संयोजनमा दैनिक जिबन यापनमा कठिनाइ भोगिरहेका पिडित, राहात बिहिन नेपाल नृत्य संघका करिब ७० जना नृत्यकारहरुलाई अनामनगरमा राहत वितरण गरिएको छ ।
नेपाल नृत्य संघका कार्यबहाक अध्यक्ष जनक कार्कीको अनुरोधमा उक्त खाद्यान्न राहत वितरण गरिएको जानकारी नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराए ।
नेपाल शाकाहारी पार्टीको अध्यक्ष राधेश्याम खड्का, चलचित्र बिकाश बोर्डका पुर्व सदस्य राजेन्द्र केसि राजु को सहयोग तथा जमिनकि अध्यक्ष बिध्या बज्राचार्य र कोषाध्यक्ष महात्मा पराजुली लगायतको सक्रियतामा उक्त राहत सामग्रीहरुलाई जुटाएर नृत्य कलाकार र प्राबिधिकहरुलाइ वितरण गरिएको थियो ।
राहत वितरण कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौला, कार्यकारी सदस्य गीता नेपाल, रामेश्वर बुर्लाकोटी, प्रेस सल्लाहकार सुर्य चन्द, पशुपति क्षेत्र बिकाश कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडा, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रिय अध्यक्ष राधेश्याम लेकाली, संचारकर्मी रिता लिम्बु, नृत्य संघका पूर्व अध्यक्ष दिनेश पाख्रिन, सामाजसेवी भानु ढकालको उपस्थिति रहेको थियो ।
कोरोना भाइरस९कोभिड १९ को महामारीमा कलाकारसंघका अध्यक्ष रविन्द्र खड्काका अनुसार कलाकारहरुलाई राहात बितरण गर्ने कार्यलाई निरन्तरता दिईनेछ ।


