डबल नै परे पनि पाँच किलो बढी चामल नेपाली कै पेटमा पर्छ -नायिका करिश्मा

२०७७ बैशाख ७, आईतवार ०५:०५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

नायिका करिश्मा मानन्धरले छिमेकमा डेरा गरी बस्ने आर्थिक अवस्था कमजोर भएकालाई राहत वितरण गरेकी छिन् । उनले नुन, दाल, चामल जस्ता दैनिक उपभोग्य आवश्यक खाद्यान्न करिश्माले वितरण गरेकी हुन् ।
यस्तै उनले टौखेल वरपर डेरा गरी बस्ने आवश्यक परेका काठमाण्डौं बाहिरकालाई सम्पर्क गर्न आग्रह गरेकी छिन् । राहत बितरण गर्दै नायिका करिश्मा मानन्धरले सरकारले द्रुतगतीमा काम गर्न सुझाएकी छन् । नायिका करिश्माले राहत बितरण गर्दै लेखेको फेसबुक स्टाटस जस्ताकोतस्तै

गत ३ दिन देखि , दैनिक काम गरेर गुजारा चलाउनु हुने काम बिहिन र उपत्यका बाहिरका केही दाजुभाइ , दिदिबहिनीहरु लाई केही सहयोग गर्ने प्रयास गरिरहेको थिये , वाहाँहरु आउने क्रम अलि बाक्लिए पछि सोचे , स्थानीय सरकारको समयन्त्रलाइ जानकारी गर्नु पर्छ भनेर १
वडाँ अध्यक्ष ज्यु लाई बिनोद जी ले फोनमा जानकारी दिनुभयो साथै वाहाँको सुझाव पनि लिनु भयो अध्यक्ष ज्यु को भनाइमा ,बाड्नुस कुनै आपत्ति भएन तर सरकारबाट राहत वितरण भैसक्यो दोहोरो पर्ला लिस्ट बनाउनु होला भन्नू भयो १ र वितरण गर्नुपरे सरकारको प्रतिनिधि राखेर गर्नु राम्रो१ एकद्वार प्रणालीको पालना गरु भन्नुभयो , वाहाँ को कुरा पनि ठिक हो ।
येस्तो कार्य जनताको अमुल्य भोटले बनाएको सरकारले नै गर्ने हो ।
गरिरहेको छ येस्मा दोस्रो कुरै भएन १
तर यो संक्रमणसंग बच्न लकडाउन कडाइका साथ पालना गर्न जरुरी छ , तर भोको पेट्का कारण मानिसहरु घर जान लामो दुरि पार गर्ने क्रममा बाटो भरी छन , अस्वस्थ्य जीवन बिताइरहेका छन ,उनीहरुलाई घरभित्र बस्न पुग्ने गाँसको व्यवस्था गरिदिनु पर्यो सरकारले ,ताकी लकडाउन कडाइका साथ पालना होस र संक्रमण नफैलियोस ।
वडाँ अध्यक्ष ज्यु लाई म के पनि जानकारी गराउन चाहान्छु भने हामीले वितरण कुनै ठूलो पैमानामा गरेको होइनौं १ हामीले त यो वडाँको लिस्टमा नभएका, मजदुर,जो याहाँ अड्किनु भयेको छ ,उपत्यका बाहिरका नागरिकलाई चिनारी हेरेर वितरण गरेका छौ ।
वाहाँहरु हजुरहरुको लिस्टबाट बन्चित हुनुहुन्छ भनेर कसरी थाहाँ भयो भने ,मेरो घरको स्टाफहरु कोहि नेपालगन्जको हुनुहुन्छ कोहि नारायणघाटको र कोहि अन्य ठाउँको १
ल ठिँक छ वाहाँहरुलाई त डेलि बेस मा काम गर्नुहुन्न राहत चाहिदैन, तर के हजुरहरु को राहत लिस्टमा वाहाँहरुको नाम छ त रु
मेरा नातेदारहरु यहि ३ वडाँ मा डेरामा बस्नुहुन्छ वाहाँहरुलाई पनि राहत चाहिदैन, तर के हजुरहरु को लिस्ट्मा वाहाँहरु को नाम छ त रु
तर वाहाँहरु पनि यहि लकडाउनमा हुनुहुन्छ ।
के फरक पर्छ त येदि डबल राहत नै परे पनि १ पाँच किलो बढी चामल नेपाली कै पेटमा पर्छ १
हामी स्थानीय बासिन्दाको त छिमेकीसंग सरसापटी चल्छहोला,
यो अवस्थामा ती डेराबाल मजदुरको चुलो दिनहुँ कसरी
बल्छहोला रु
जनप्रतिनिधि पनि बोलाउनु हुन्थ्यो दिने बेलामा, तर केही बिहान लिन आउनु हुन्छ कोहि बेलुकी १ हुल जम्मा गरेर बाडेँको होइन , कति जनप्रतिनिधिलाई दुख दिउ १११
म यो देशको नियम कानुन मान्ने नागरिक हु । म बाट कुनै अराजकता हुनेछैन । ढुक्क हुनुहोस म यो राष्ट्रको कलाकार चेलि हु त्यो कसरी भुल्न सक्छु १
यो भनाइलाई अन्यथा नलिदिनु होला र एउटा् नेपालीको द्वार बाट अर्को नेपालीको द्वार पुगेको ले एक द्वार नै सोचिदिनु होला १
सबै मिलि लकडाउनलाई पालना गर्दै यो संक्रमण माथि जित प्राप्त गरु ।
धन्यवाद ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय