कोरोना राहात कोषको लागि कलाकारहरुको जुहारी

२०७६ चैत्र १८, मंगलवार ०८:५९ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

विश्वब्यापी रुपमा फैलीरहेको कोरोना भाईरसको रोकथाम र नियन्त्रणको लागि सरकारले गरेको लकडाउनको नियम पालना गरीरहेका छन् नेपाली कलाकारहरु । यतिबेला सरकारले खडा गरेको कोरोना राहत कोषमा सहयोग गर्नका लागि केही कलाकारहरु हौसीएका छन् भने केही कलाकारहरु दबाबमा समेत परेका छन् ।

कोरोना राहत कोषमा सहयोग गर्नका लागि ब्यक्तिगत रुपमा नायिका बर्ष शिवाकोटीले १ लाख , गायक बद्री पंगेनीले ५० हजार गायक प्रकाश सपुतले २ लाख तथा नेपाल चलचित्र कलाकारसंघले १ लाख १ हजार दिने निर्णय गरीसकेका छन् ।

यसैबीच धेरै पारीश्रमीक लिएका कलाकारहरु र कारोडौ कमाएका फिल्मकर्मीरुले खै त कोरोना राहत कोषमा सहयोग ? भनेर सामाजिक संञ्जालमा तिनै फिल्म मेकर तथा कलाकारहरु सम्बन्धीत ब्यक्रि तथा शुभचिन्तकहरुले आवाज उठाईरहदा ,कलाकारहरु बीच जुहारी चलेको छ ।

सदवाहार नायिका करिश्मा मानन्धरले आफ्नो फेसबुक वालमा सामजिक अभियान्ताको रुपमा सक्रिय रहेका कलाकार धुर्मुस सुन्तलीलाई समेत झड्का दिंदै लेखिन सरकारको के काम ? हामीले भोट किन गरेको आफ्नै भगवानलाई खोज्नुस । यसैमा  नायिका रेखा थापाले समर्थन गरीन अरुले यति दिए उति दिए भन्दा सक्नेले दिउ नसक्नेले मागौ ,चन्दा फेसन जस्तो ।

यता फिल्म समिक्षक समेत रहेका निर्देशक दिपेन्द्र लामाले फेसबुक वालमा लेखे कोरोना राहात कोषमा पैसा दिइरहन आवश्यक छैन , आफुले काम लगाएका कलाकार र टेक्नीसयनहरुको पुरानो रहलपहल पारिश्रमीक दिए पुग्छ । जहां बरिष्ठ हांस्य कलाकार मनोज गजुरेल , निर्देशक दीपेन्द्र के खनाल र नायिका स्वस्तीमा खड्का लगाएतले खुलेरै समर्थन गरेर कमेन्ट गरेका छन् ।


त्यस्तै हांस्य कलाकार निर्मल शर्माले पुरै देशको लागि सरकार अनि राज्य कोषले सहयोग गर्नुपर्छ परिआए मात्रै गरीन्छ भनेर फेसबुक वालमा लेखेका छन् ।

यतिबेला नेपाली कलाकारीता तथा फिल्म क्षेत्रमा आर्थिक क्षति भैरहेका बेला सहयोग गर्न कसैले दबाब दिदैमा सहयोग गर्नुपर्छ भन्ने छैन भनेर धेरै कलाकारहरुले भनिरहेका छन् । केही बाहेक धेरै कलाकारहरुलाई जिवन धान्नै गार्हो छ । अहिलेको परिस्थितिका कारण लामो समय सम्म नेपालको कलाकारीता क्षेत्रको आर्थिक स्थििति धरापमा परेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय