कोरोना राहत कोषमा कलाकार संघको एकलाख एक हजार रूपैया

२०७६ चैत्र १८, मंगलवार ०५:१२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पाल सरकारले स्थापना गरेको कोरोना राहत कोषमा नेपाल चलचित्र कलाकार संघले एकलाख एक हजार रूपैया प्रदान गर्ने निर्णय गरेको छ ।

नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले  एक बक्तव्य मार्फत जानकारी गराउनु भएको छ । कोरोनाभाइरसको संक्रमणको बिषम परिस्थितिमा सम्पूर्ण मानवजाति आतंक बनेको छ।

यो परिस्थितिबाट आफू बच्न र अरूलाई पनि बचाउन निर्धारित सुरक्षाका उपाय अवलम्बन गर्नु बाहेक अरू केही विकल्प नभएको भन्दै नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आफु बच्न सेल्फ–क्वारेन्टाईनमा बस्ने,साबुन पानीले हात धुनें वा सेनेटाईजर प्रयोग गर्ने,कसैलाई संक्रमणको लक्ष्यण देखिएमा वा शंका लागेमा तोकिएको निकायमा खबर गर्ने,अस्पताल लैजाने आदि सजगता र चेतनाका लागि हामी सवै सक्रिय बन्नु आवश्यक भएको बताएका छन्।

त्यसका लागि उच्च मनोवलका साथ लाग्नु समयको आवश्यकता बनेको वताउंदै हाल लक डाउनको अवस्थामा लक डाउनको अभियानलाई हामी सबैले सहयोग गर्नु गराउनु मानवता रक्षाका लागि धर्म हुने अध्यक्ष खड्काको भनाई रहेको छ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय