तारा अधिकारीको सुनौलो तारा एल्बममा संग्रहीत गित फुलेको केश बोलको गितले दर्शक तथा स्रोताको मन जितेको छ ।
अन्जु पन्तको स्वर रहेको गितको भिडियोमा दीलीप रायमाझी , सिरु बिष्ट तारा अधिकारी सुजता बराल र सुलोचना आचार्यको अभिनय रहेको छ ।
गितमा एक श्रीमानले श्रीमतीलाई परस्त्रीसंग लागेर दिएको दुख र रोदन पोखीएको छ ।
बसन्त सापकोटाको संगित रहेको गितमा तारा अधिकारीकै शब्द रहेको छ । तारा अधिकारीको सुनौलो तारा एल्बम केही दिन अघि एक कार्यक्रमका बीच बिमोचना गरीएको थियो ।



