अभिनेता राज लाहुरे‘’ मार्फत गायक बने

२०७६ फाल्गुन ९, शुक्रबार ०६:४४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेता राज क्षितिज  गायकको रुपमा पनि देखिएका छन् । नयाँ गीत ‘लाहुरे‘’ मार्फत उनी गायनमा आएका छन् ।

करिव दर्जन फिल्ममा नायकको भुमिका निर्वाह गरेका उनी चलचित्रबाट गायनमा पनि आएका छन् ।

गायक तथा अभिनेता राजले आफ्नो सानैदेखिको गायनको प्यास मेटाउन लोक गीत गाएको बताए ।

भिडियोमा गायक राजको अलवा रिचा थापा, बुद्ध श्रेष्ठ, भुपाल कार्की, प्रज्ञासी थापा, सृजना मैनाली, सुरेश राय यादव, अस्मिता कार्की र बालकलाकार आयान पौडेल र उत्कृष्ट सोनाम लगायतको अभिनय रहेको छ ।

गायक राजकै शब्द रहेको गीतमा लय नविन रावलको रहेको छ । विदेशमा रहेको श्रीमान् छोडेर अर्को केटासँग मोजमस्ती गर्ने केटीको कथा बुनेको भिडियाले समाज युवापुस्तामाझ छाएको विकृती र बिसंगतीमा पनि तिखो प्रहार गरेको छ ।
भिडियोमा सागर गौतमको छायाँकन, प्रेम शर्मा पौडेलको सम्पादन रहेको छ । गीतको भिडियो उत्तम वाइवा लामाले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय