चलचित्र चपली हाइट ३ लाई बाबा कन्सल्टेन्सीले २५ हजार अमेरिकी डलरमा खरिद गरेको हो । जसको नेपाली रकम १९ लाख १८ हजार ५ सय ७२ हो ।
सोमबार सम्झौता पत्रमा हस्ताक्षर गर्दै चलचित्रका निर्माता अर्जुन कुमारले विश्वास गरेर चलचित्रमा राम्रो रकम हालिदिएकोमा बाबा कन्सल्टेन्सीलाई आभार प्रकट गरे । ‘चपली हाइट ३’मा स्वस्तिमा खड्का, अर्पण थापा, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतीक श्रेष्ठलगायतका कलाकारको अभिनय रहने छ ।
यसलाई निकेश खड्काले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जनरामा निर्माण भएको चलचित्र अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा बनेको हो । चलचित्रलाई अर्जुन कुमार फिल्मस् र केडिसी हस्पिटलले मिलेर निर्माण गरेका हुन् । आकाश बरालको लेखन र संवाद रहेको चलचित्रमा सुभाष भुसाल, अर्जुन कुमारको सङ्गीत, अष्ट महर्जनको एक्सन, पुरुषोत्तम प्रधानको छायाङ्कन र दीर्घ खड्काको सम्पादन छ ।
अर्जुन कुमार फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्मित सिनेमा चैत २८ देखि अल नेपाल रिलिज हुँदै छ ।
छन् ।


