सेल्फीकिङको प्रिमियरमा जिया साथ हुदा नायक भुवनले लिएनन सेल्फी

२०७६ माघ २४, शुक्रबार ११:०६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक भुवन केसी र जिया केसी बिगत केही बर्षदेखि एकसाथ अर्थात लिभीङ टुगेदरमा रहेको कुरा कही कतै लुकेको छैन ।

तर नायक भुवन केसी र जिया केसी सार्वजनिक कार्यक्रममा पुग्दा मिडिया फेस गर्न अहिलेसम्म चाहदैनन ।

केही समय अगाडि बिदेश जानेक्रममा त्रिभुवन बिमानस्थलमा जिया केसी र भुवन केसीको मिडिया फेस गर्नको लागि देखिएको लुकामारीको निकै चर्चित गसीप बनेको थियो । बिदेशका बिभिन्न कार्यक्रममा नायक भुवन केसीले जीयालाई संगै लिएर जानेगरेका छन् ।

नेपालमा हुने कार्यक्रममा कहिलेकाही जियासगै देखिए पनि मिडिया फेस गर्न चाहदैनन । बिहिबार सेल्फीकीङको ग्रयान्ड प्रीमीयरमा थुप्रै सेलीब्रेटीहरु संगै नायक भुवन केसी पनि पुगेका थिए नया“ बसपार्क स्थित इन सिनेमा हलमा ।

नायक भुवन केसी एक्लै थिएनन साथमा जिया केसी पनि संगै थिईन । सेलीब्रेटीको लागि बिछाएको रेड कार्पेटमा सबै हिडे तर नायक भुवन केसी र जिया केसी रेडकार्पेट छोडेर क्यामेरा फ्रेममा परीयला की झै गर्दै साईडबाट सुटुक्क हलमा छिरे ।

सबै सेलीब्रेटीले फिल्म हेरेपछि आ आफ्नो प्रतिक्रिया दिए तर सुपरस्टार नायक भुवन केसी कतै देखिएनन सबै सेलीब्रेटीले सेल्फीकीङको प्रीमीयरमा सेल्फी खिचे तर नायक भुवनले जिया साथमा भएकोले हुन सक्छ न सेल्फी न कतै देखिननै चाहे । आखिर यस्तो सकस किन भनेर देख्नेहरुले यताउता गसीप चलाउन थाले । हुन पनि आफ्नै भएपछि सकस किन होला आखिर संसार आफ्नै त हो ।

 

गसीप

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय