शुक्रबारबाट प्रदर्शनमा आउने चलचित्र सेल्फीकिङको नया“ बसपार्क स्थित ईन सिनेमा हलमा बुधबार ग्रयान्ड प्रीमीयर गरीएको छ । बिशाल सापकोटा निर्देशित सेल्फीकीङ प्रीमीयरमा अधिकांश फिल्मी सेलीब्रेटीहरुको सहभागिता रहेको थियो ।
कलाकारकै पर्दा पछाडीको जिन्दगीको कथा रहेको सेल्फीकिङ को लिड कलाकार बिपिन कार्की हुन । फिल्म हेरीसकेपछि अधिकांश कलाकारहरुले आफ्नै जिवनसंग मेल खान गएको भन्दै प्रतिक्रिया दिए भने केही कलाकारहरु भावुक पनि भए ।

प्रीमीयरमा नायक भुवन केसी ,आर्यान सिग्देल ,नायिका निशा अधिकारी ,केकी अधिकारी ,आ“चल शर्मा लगाएत दर्जनबढी कलाकारहरुको सहभागिता रहेको थियो । फिल्मलाई दिनेश राउत र सुवास थापा मिलेर निर्माण गरेका हुन ।



