सन्ध्याको निर्देशनमा प्यारो बाबा भीडीयो

२०७६ माघ २१, मंगलवार ०२:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

संचारकर्मी सन्ध्या थापाले निर्देशन गरेको प्यारो बाबा बोलको गीत सार्वजनिक भएको छ । प्यारो बाबा” बोलको गीत १३ बर्षिया कविता परियारले गाएकी हुन्। “प्यारो बाबा” बोलको गीतमा शब्द र संगीत प्रकाश लामाको रहेको छ। याकुब वाइबा गीतका अरेंजर हुन् । ४ मिनेट लामो भिडियोमा ८ बर्षिया इलि गुरुङ र सबिन लामाको अभिनय रहेको छ। उनीहरु छोरी र पिताको रुपमा देखिएका छन्। उनीहरु संगै सबिना ठकुरी र बिसेस्ता शाही पनि म्युजिक भिडियोमा देखिएका छन्।

छायाँकार सुरज लामाले खिचेको म्युजिक भिडियोको सम्पादन गरब योन्जन “दिलिप”ले गरेका हुन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय