निर्माता अर्जुन कुमारले निर्माण गरेको चलचित्र ‘चपली हाइट ३’ को ‘चारानाको मसला’ बोलको गीत सार्वजनिक गरिएको छ । गीतमा नायिकाद्वय स्वस्तिमा खड्का, सुपुष्पा भट्ट ,आमिर गौतम, महेश त्रिपाठी र द नेक्स्ट टिमलाई फिचर्ड गरिएको छ ।
लोक र फ्युजनको मिक्स गीतमा सुवाष भुषालको संगीत, डि पी खनाल को शब्दमा,अस्मिता अधिकारी र राज खुम्बुको स्वर रहेको छ । प्रदीप लामाको नृत्य निर्देशन रहेको गीतलाई पुरुषोत्तम प्रधानले छायांकन गरेका छन् ।
सस्पेन्स थ्रिलर चलचित्रलाई निकेश खड्काले निर्देशन गरेका छन् । चलचित्रमा कलाकारहरु स्वस्तिमा खड्का, सुपुष्पा भट्ट ,आमिर गौतम र महेश त्रिपाठी,प्रतिक मान श्रेष्ठ,अर्पण थापा,दीपाश्री निरौला,लक्ष्मी बर्देवा ,बिशाल पहारी र जिबन भट्टराईको रहेको छ । चलचित्रमा लेखन र सम्बाद आकाश बराल ,संगीत सुवाष भुषालरअर्जुन कुमार,छायांकन पुरुषोत्तम प्रधान र सम्पादन दिर्घ खड्का ले गरेका छन् ।
चलचित्र चैत २८ गतेबाट रिलिज हुँदैछ ।


