चलचित्र ‘के घर के डेरा’ निर्माणको घोषणा भएको छ ।चलचित्रमा नायक दयाहाङ राई, विपिन कार्कीको साथमा नायिका वर्षा राउत, कलाकार रविन्द्र झाको मुख्य भूमिका छ ।
निर्देशक सुव्रतराज आचार्यले यो चलचित्रको निर्देशन गर्न लागेका हुन् । चलचित्रको छायांकन चैत्रबाट सुरु गर्ने योजनामा यसको निर्माणपक्ष छ ।
यी सबै कलाकारले चलचित्र ‘जात्रै जात्रा’मा एकसाथ काम गरेका थिए । साथमा चलचित्रमा लुनिभा तुलाधर, आर्सिना भट्टराई लगायतको मुख्य भूमिका रहनेछ ।
जिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहेको चलचित्रमा सिंगे लामा कार्यकारी निर्माताको रुपमा रहनेछन् ।
यमप्रसाद ओली यसका सह–निर्माता हुन् । काठमाण्डौमा कोठा भाडामा लिएर बस्ने मानिसहरुको कथामा यो चलचित्र बन्नेछ । दिर्घविर गुरुङको छायांकन रहने चलचित्रमा मित्र डी गुरुङको सम्पादन, शंकर थापाको संगीत, गम्भिर बिष्टको कोरियोग्राफी रहनेछ ।



