गायिका आस्था राउत प्रहरीमा उपस्थित भएकी छन् । उनलाई आफन्तले नै महानगरीय प्रहरी परिसर काठमाडौंमा उपस्थित गराएका हुन् ।
विमानस्थलमा कार्यरत प्रहरी कर्मचारी रमिशा श्रेष्ठले राउतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा राउतालाई प्रहरीले खोजीको सूचीमा राखेको थियो ।
आफन्तले नै उपस्थित गराएपछि प्रहरीले अहिले राउतको स्वास्थ्यजाँच गरेको छ । प्रहरी कर्मचारीमाथि दुर्व्यवहार गरेको भन्दै गायिका राउत पछिल्लो समय विवादित बनेकी थिइन् ।
सुरक्षा जाँचका क्रममा आफूमाथि अभद्र व्यवहार भएको भन्दै राउतले सामाजिक सञ्जालमार्फत् आक्रोशपूर्ण अभिव्यक्ति दिएकी थिइन् । उक्त अभिव्यक्तिपछि उनी विवादमा तानिएकी हुन् ।
सोही प्रकरणमा जिल्ला प्रशासन कार्यालयले माघ १३ मा गायिका राउतलाई पक्राउ गर्न अनुमती दिएको थियो ।


