गायिका रेखा शाह पछिल्लो समय विवादीत बनेकी गायिका आस्था राउतको पक्षमा उभीएकी छीन । उनले प्रहरीले बर्दी लगाएपछि जनतालाई शान्ति सुरक्षा भन्दा पनि दासीको रुपमा हेर्ने गरेको परिणाम भएको बताईन ।
आफुले पनि प्रहरीले गरेको ब्यवहार भोगेको भन्दै गायिका रेखा शाहले प्रहरीहरुले सर्वृसाधरणलाई सम्मानजनक ब्यवहार नगरेको उनको तर्क छ । गायिका रेखाले आस्थाले केही कुरा सामाजिकसंञ्जालमा गलत बोलेको तर त्यसलाई अपराध शैलीमा ब्याख्या गरेकोमा आफुलाई चित्त नबुझेको बताईन ।
कलाकारहरुलाई पर्दा कलाकारहरुको लागि बोलीदिने संस्थन नभएकोमा समेत उनले
दुख ब्यक्त गरीन । सिमसिमेपानीमा हिट गायिका रेखा शाह मध्यपश्चिममा चल्ने टप्पा शैलीको गित रिलिज गर्ने तयारीमा छिन ।



