नायिका प्रीयंका कार्कीको ब्याचलर पार्टी यस्तो देखियो

२०७६ माघ ९, बिहीबार ०२:४५ ,प्रकाशित
अनुमानित पढ्ने समय : 3 मिनेट

नायिका प्रीयंका कार्कीले थाईल्यान्डमा पुगेर ब्याचलर पार्टी मनाएकी छन् । खुकुरी रमले स्पोन्सर गर्दीएको नायिका प्रीयंकाको ब्याचलर पार्टीको तस्वीरहरु हेर्ने हो भने निकै वाईल्ड भएको देख्न सकिन्छ । नायिका प्रीयंकाले डेढ बर्ष अगाडि आयुष्मान देशराज संग इङगेजमेन्ट गरीसकेकी छन् ।

ईङगेजमेन्पछि लामो समयसम्म पनि विवाह नहुदा अब बिहे कहिले भन्ने प्रश्नको शिकार बनीरहेकी प्रीयंकाले अब भने बिहे छिट्टै हुने संकेत देखाएकी छन् । प्रियंकाले आफ्ना साथीहरु सहाना बज्राचार्य, शिवांगी प्रधान, श्रेया जोशी, लगायत संग थाईल्यान्ड पुगेर ब्याचलर पार्टी मनाएकी हुन ।

पश्चिमा संस्कृतिमा बिहे अघि केटाले आफ्ना साथीहरु संग र केटीले आफ्ना केटी साथीहरुसंग केही रात वाइल्ड भएर ब्याचलर पार्टी मनाउने चलन छ तर नेपालमा चलन छैन । यस अघि नेपालमा सम्भवत पहिलोपटक हुनुपर्छ नायिका ऋचा शर्माले बिहे अघि पोखरा पुगेर ब्याचलर पार्टी मनाएकी थिईन ।

बिहेपछि आफनो स्वतन्त्र जिवनको अन्त्य हुने र बिहे अघिको रमझम र स्वतन्त्रता खोसीनु अघिको रमाईलोपनको रुपमा ब्याचलर पार्टीलाई लिने गरीन्छ । प्रीयंकाको ब्याचलर पार्टीलाई खुकुरीरमले प्रायोजन गरेकोमा उनले धन्यवाद भनेकी छन् ।नायिका प्रीयंका कार्कीले आफ्नो ब्याचलर पार्टीको वाईल्ड तस्वीरहरु आफ्नो ईन्स्टा एकाउन्ट तथा फेसबुकमा शेयर गरेकी छन् ।

प्रियंकाले सन् २०१० मा अमेरिकामा अध्ययनका क्रममा रहँदा रोचक मैनालीसँग प्रेम विवाह गरेकी थिइन् । २३ वर्षको उमेरमा बिहे गरेकी उनको पहिलो वैवाहिक जीवन सफल भएन । बिहे भएको तीन वर्षपछि सन् २०१३ मा उनीहरुले सम्वन्धविच्छेद गरे ।

उनका पूर्वश्रीमान रोचकले पनि डिभोर्सको करिब दुइ वर्षपछि दोस्रो विवाह गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय