पर्खि बसें’ को सिक्वेल

२०७६ पुष २९, मंगलवार १३:४८ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गोपीकृष्णले छैटौं प्रोजेक्टको रुपमा २०६४ सालमा प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘पर्खि बसें’ को सिक्वेल निर्माण गर्ने भएको छ ।

गोपीकृष्ण मुभिजले हिमालयन मुभी स्टुडियोसँगको सहकार्यमा ‘पर्खि बसें’ निर्माण गर्न लागेको हो । गोपीकृष्ण मुभिजको निकिता पौडेल र हिमालयन मुभी स्टुडियोको बिनोद सापकोटाबीच विहिबार सहमति भएको छ । फिल्ममा निकिता र बिनोद निर्माता रहनेछन् भने प्रदीप दाहाल र तिर्थ प्रसाद पौडेल सह निर्माताको रुपमा रहनेछन् । फिल्मलाई सौभर चौधरीले निर्देशन गर्नेछन् ।

निर्देशक चौधरी निर्देशित फिल्म ‘लभ डायरिज’ आउँदो फागुन २ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ । ‘पर्खि बसें’ को कथा उनी आफैंले लेखेका छन् । पहिलो सिरिजझैँ दोस्रोमा पनि सांगीतिक प्रेमकथा देखाइने उनले बताए । अभिनेता द्वय राजबल्लभ कोइराला र निखिल उप्रेतीसँगै अभिनेत्री युना उप्रेतीको प्रमुख भूमिका रहेको ‘पर्खि बसें’ लाई दीपक श्रेष्ठले निर्देशन गरेका थिए ।

फिल्मलाई प्रदर्शन गर्ने अधिकार करण श्रेष्ठ अर्थात् रिच इन्टरटेनमेन्टले पाएको छ । । यसको रिलिज २०७७ सालमा हुनेछ । ‘पर्खि बसें’ रिलिज भएको १३ वर्षपछि यसको सिक्वेल दर्शकमाझ आउन लागेको हो । फिल्ममा पुराना कलाकार दोहोरिने सम्भावना न्यून छ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय