नेपाली फिल्म र फिल्मकर्मीको सम्मान सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा कामना मासिकले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘सिजी कामना फिल्म अवार्ड’ को पाँचौ संस्करणमा फिल्म ‘प्रसाद’ ले प्रमुख विधामा आफ्नो वर्चश्व जमाएको छ । फिल्मले उत्कृष्ट फिल्म, पटकथा, अभिनेता, अभिनेत्री र निर्देशन गरि पाँच विधामा अवार्ड जितेको छ । तर, अभिनेताको अवार्ड उचाल्न विपिन कार्की, अभिनेत्री नम्रता श्रेष्ठ र निर्देशक दिनेश राउत कार्यक्रममा उपस्थित थिएनन् ।
शनिबार साँझ ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजना भएको अवार्ड समारोहमा फिल्मकर्मीहरु बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा स्वस्तिमा खड्काले पब्लिक च्वाईस अवार्ड पाउँदा फिल्म ‘साइँली’ बाट दयाहाङ राईले सह(अभिनेताको अवार्ड आफ्नो पक्षमा पारे । त्यस्तै, फिल्म ‘नाईं नभन्नू ल ५’ बाट सह(अभिनेत्रीको अवार्ड प्रियंका कार्कीले आफ्नो पोल्टामा पार्दा ‘बोबी’ बाट उमेश थापा नव(नायक र ‘ए मेरो हजुर ३’ बाट सुहाना थापा नव(अभिनेत्री घोषित भए ।
२६ विधामा प्रदान गरिएको कामना अवार्ड समारोहमा ‘पुस्करलाल मिडिया अवार्ड’ बाट आर। के मानन्धरलाई सम्मानित गरिएको थियो भने कलाकार नीर शाह र प्राविधिक सन्तु तामाङलाई नगद एकरएक लाखसहित ‘लाइफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिएको थियो । त्यस्तै, ‘क्रिटिक्स अवार्ड थिएटर’ विधामा श्रृजना सुब्बा, क्रिटिक्स अवार्ड फेसनमा ज्ञानी शोभा तुलाधर, क्रिटिक्स अवार्ड संगीतमा न्ह्यू बज्रचार्यले अवार्ड प्राप्त गर्दा ‘जुरी अवार्ड’ फिल्म ‘हरि’ ले पायो ।
पानी परेका कारण बढेको चिसोको बावजूद पनि कामना अवार्डमा सहभागी हुन नयाँदेखि पुराना थुप्रै कलाकारहरुको उपस्थिति रहेको थियो । अभिनेता राजेश हमालले उद्घोषण गरेपछि सुरु भएको अवार्ड समारोहमा भुवन केसी, नीर शाह, करिश्मा मानन्धर, रमेश उप्रेती, दीपाश्री निरौला, पूजा शर्मा, पल शाह, सेड्रिना शर्मा, हरिहर शर्मा, मिथिला शर्मा, निर्मल शर्मा, गौरी मल्ललगायत उपस्थित भएका थिए । कार्यक्रममा विभिन्न कलाकाहरुले आफ्नो प्रस्तुति पनि दिएका थिए ।
विजेताको सूची यसप्रकार छ
फिल्म स् प्रसाद
निर्देशक स् दिनेश राउत ९प्रसाद
अभिनेता स् विपिन कार्की ९प्रसाद
अभिनेत्री स् नम्रता श्रेष्ठ ९प्रसाद
कामना पब्लिक च्वाईस अवार्ड स् स्वस्तिमा खड्का
सह(अभिनेता स् दयाहाङ राई ९साइँली
सह(अभिनेत्री स् प्रियंका कार्की ९नाईं नभनू ल ५
डेब्यू नायक स् उमेश थापा ९बोबी०
डेब्यू नायिका स् सुहाना थापा ९ए मेरो हजुर ३
सिजी क्रिटिक्स अवार्ड थिएटर स् सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन स् ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत स् न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड स् हरी
कथाकार स् खगेन्द्र लामिछाने ९डमरुको डण्डीबियो
डेब्यू निर्देशक स् छेतेन गुरुङ ९डमरुको डण्डीबियो
खलपात्र स् प्रमोढ अग्रहरी ९कथा काठमाण्डु
सम्पादक स् निमेष श्रेष्ठ ९डमरुको डण्डीबियो
पटकथा स् शुशिल पौडेल ९प्रसाद
संवाद स् दीपकराज गिरी ९छक्का पञ्जा ३
हाँस्य कलाकार स् केदार घिमिरे ९छक्का पञ्जा ३
बाल कलाकार स् सेड्रिना शर्मा ९नाईं नभनू ल ५
कोरियोग्राफर स् कविराज गहतराज ९छक्का पञ्जा ३
द्वन्द्व निर्देशक स् शुक्रराज शाह ९भिलेन०
पाश्र्व संगीत स् एलिश कार्की ९डमरुको डण्डीबियो
संगीतकार स् बसन्त सापकोटा ९नाई नभनु ल ५
गीतकार स् दिनेश थपलिया ( तिम्रो आँखामा ९नाईं नभन्नू ल ५
गायक स् हेमन्त राना मगर ९साइँली०
गायिका स् अञ्जु पन्त ( सँगसँगै ९बाँध मायाले
सिनेमाटोग्राफर स् पुरुषोत्तम प्रधान ९नाईं नभन्नू ल ५
ध्वनी मिश्रण स् सुनयमान श्रेष्ठ छक्का पञ्जा ३
श्रङ्गार स् श्याम लामा ९चक्कर
लाईफटाईम एचिभमेन्ट अवार्ड कला स् नीर शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक स् सन्तु तामाङ


