नेपाली चलचित्रको गीत गाएर रिस्क लिन्न – राजनराज शिवाकोटी

२०७६ पुष ९, बुधबार ०७:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

शारदा थापा // राजनराज शिवाकोटी नामै काफी छ सांगीतिक क्षेत्रमा चिनाउनै पर्दैन । शिवाकोटी पछिल्लो समय पाश्र्व गायनमा ब्यका टु ब्याक हिट छन ।

गायक ,संगितकार तथा रचनाकार तिनै बिधामा अब्बल सावित गराएका राजनराज शिवाकोटीले संख्यात्मक रुपमा चलचित्रका गित धेरै गाएका छैनन , मात्र २० वटा गितमा काम गरेका छन् । तर सबै गित जनजिब्रोमा झुन्डीएको छ उनले गाएका गितहरु ।

सन २०१५ मा वडानम्बर ६ चलचित्रको लागि जब सुर्केथैली बोलको गितमा शब्द संगित र स्वर उनले भरे तब उनको चलचित्र पाश्र्व गायनमा भाग्यनै बल्यो त्यसपछि एकसेएक गितहरु अहिलेपनि आईनैरहेका छन् ।

सुर्केथैली भन्दा अगाडि राजनराजले पप आधुनीक लोकदोहोरी धेरै संख्यामा गितहरु गायका थिए रचना गरेका थिए संगित भरेका थिए तर चिनिने गित बन्यो सुर्केथैली त्यसपश्चात पुर्वपश्चिम रेल र दुई रुपैया चलचित्रको लागि गाएको कुटुमाकुटु सुपारी दानाले त विश्वभर रहेका नेपालीमाझ एक खालको तहल्कानै पीट्यो । राजनराज भन्छन् देखिंदा एउटै गितबाट हिट भएझै लाग्छ होला तर मेरो डेढदशक बढीको मेहनत पछिको फल हो ।

आजभोलि राजराजलाई भ्याईनभ्याई छ स्टेज पर्फमको लागि । देश बिदेशका स्टेजमा गएर आम दर्शकको माझ प्रस्तुती दिंदा रमाईलो को साथमा आर्थीक स्तर पनि माथी उठेको बताउंछन् गायक शिवकोटी ।

चलचित्रमा उनले जति गितमा काम गरेका छन् जहा“ उनको आफ्नै रचना संगित र गायन हुन्छ । गा“उबेशी पाखापखेरा तथा मेलापातसंगै ठेट नेपाली शब्द संयोजन गरेर रगितमा ढाल्ने खुबी भएका राजनराज शिवाकोटी चलचित्रको पाश्र्व गायनको लागि फिल्मेकरहरुलेनै अफर गर्ने बताउंछन् , उनि भन्छन् करोडौ लागानी भएको फिल्मको गितको लागि कहा“ म रिस्क लिन्छु उहाहरुले नै गर भनेपछि मात्रै गर्ने हो राम्रो गर्ने प्रयास भने गरीरहन्छु ।

त्यसोत चलचित्र वडानम्बर ६ को सुर्के थैली गीतपश्चात नेपाली हरेक चलचित्रमा लोकपलेवरको गित राख्ने चलन बढेको प्रसंगलाई राजनराज ट्रेन्ड सेट भएको मान्छन । हाल राजनराज शिवाकोटीको पछिल्लो रिलिज हुन लागेको चलचित्र साङलोको चरिले काफल टिप्यो बोलको गितले पनि उत्तिकै चर्चा पाईरहेको छ भने अब सेन्टी भाईरस फिल्मको गित सार्वजनिक हुन बांकी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय