चलचित्र ‘सेन्टी भाइरस’ को ‘फनफनी’ सार्वजनिक

२०७६ पुष ९, बुधबार ०६:२७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चर्चित हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले निर्माण गरेको कमेडी चलचित्र ‘सेन्टी भाइरस’ को पहिलो गीत सार्वजनिक भएको छ । चलचित्रमा समावेश ‘फनफनी’ बोलको गीत  राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरियो । मेलिना राई र कालीप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापा स्माइलले संगीत भरेका छन् ।

गीतको शब्द डिपी खनालले लेखेका हुन् । शंकर विसीको कोरियोग्राफी र शैलेन्द्र डि कार्कीको छायांकन रहेको गीतको भिडियोमा चलचित्रका कलाकारहरु सिताराम र कुञ्जनासँगै दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, राजाराम पौडेललगायत ठुम्का लगाउँदै देखिएका छन् । त्यस्तै, गीतमा मोडल अञ्जली अधिकारीले आकर्षक नृत्य प्रस्तुत गरेकी छन् ।

कोरियोग्राफर शंकर विसीले गीत खिचेको लोकेशन चलचित्रको कथाको माग रहेको बताए । उनको कुरामा चलचित्रका निर्देशक रामबाबु गुरुङले पनि सहमति जनाए ।

सुबिहानी फिल्मस् प्रा।लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकरसँगै राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको पनि संगीत छ । २ करोडको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन् । चलचित्रका सह(निर्माता फूर्पा लामा हुन् । कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रको मुनाफाको २० प्रतिशत समाजसेवामा खर्च गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय