र्यापर समीर घिसिङ भिटेनले मंसीर १३ गते रिलिज हुने सिनेमा ‘सरौतो’को लागी गीत गाएका छन् । उनको शब्द, संगीत र स्वर सजित प्रमोसनल गीतमा कलाकार सुमी मोक्तान र विजय लामासहित स्वयम् फिचर्ड छन् ।
पछिल्लो समय भिटेन युवापुस्ता माँझ लोकप्रिय छन् ।
छायाँकनहुँदै निर्देशनमा हात हालेका हरी आफ्नो डेब्यु सिनेमाबाट पूर्ण आशावादी छन् । सिनेमामा लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुन मगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङलगायतका कलाकारको अभिनय छ ।
राघव कृष्ण गौतमको कथा, पटकथा, संवादमा तयार सिनेमामा उत्तम हुमागाईंको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन र राजनराज सिवाकोटी, पुष्पन प्रधान, कमल खत्रीको संगीत छ ।
शृजना जोशी महर्जन कार्यकारी निर्माता रहेको सिनेमामा लक्ष्मीकुमारी तामाङको लगानी छ । भने, सहनिर्मातामा श्री महर्जन छन् ।


