प्रेम संसार’ को पोस्टर सार्बजनिक

२०७६ कार्तिक ९, शनिबार ०९:२५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

मंसिर १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘प्रेम संसार’ को पोस्टर सार्बजनिक गरिएको छ । प्रेम कथामा बनेको चलचित्र ‘प्रेम संसार’को पोस्टर सार्बजनिक संगै नयाँ स्किम पनि सार्बजनिक गरिएको छ । चलचित्र हेर्नुस लक्की ड्र मार्फत नगद एक लाख जित्नुहोस भन्ने योजना निर्माण टिमले अघि सारेको छ ।

चलचित्र ‘प्रेम संसार’ मा प्रेम सोनी, कबिता नेपाली, आयुष्मा कार्की , मोनिका दाहाल बिबिशा पाण्डे,राम गौतम अर्जुन पौडेल, करण पौडेल,सुनिल बिक,यम बहादुर बिक,बिजय सुनार टंक मरासैनी, किशोर पाण्डे, लगाएतका कलाकारको अभिनय रहेको छ । सोनी फिल्म्सको प्रस्तुतिमा राम गौतमको निर्देशन रहेको चलचित्रको कथा लेखन,निर्माता तथा प्रस्तुतकर्ता प्रेम बहादुर सुनार९गहतराज० हुन् भने, उतम केसी र देबीन गहतराज कार्यकारी निर्माता,कमल सुनार र सीता सुनार निर्माताको रुपमा रहेका छन् । चलचित्रमा अर्जुन पोख्रेल र बिबि अनुरागीको संगीत, शंकर महर्जनको द्वन्द, एकेन्द्र सारा शंकर र राम गौतमको कोरियोग्राफी ,दिपेन्द्र बस्न्यातको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय