दुर्गेशकोबीचबीचमा अब छ माया छपक्कैमा

२०७६ आश्विन ११, शनिबार ०६:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

गायक तथा मोडल दुर्गेश थापालाई छ माया छपक्केै चलचित्रको प्रमोशनमा भित्राईएको छ । यस बर्षको तीजमा सर्वाधिक चलेको गायक तथा मोडल दुर्गेशको गित बीचबीचमा लाई रिमिक्स गरेर छ माया छपक्कै युनिटले प्रमोशन गरेको छ । जसको अडियोभिडीयो सार्वजनिक भएको छ ।

छ माया छपक्कै टिम र दुर्गेश थापाको शब्द तथा संगीत तथा स्वर रहेको उक्त गीतको भिडियो शिव बिकले निर्देशन गरेका हुन् ।

भिडियोमा फिल्मका मुख्य कलाकारहरु दिपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, जितु नेपाल, सुपुष्पा भट्टको साथमा गायक दुर्गेश थापा, कलाकारसंगै फिल्मकी सल्लाहकार निर्देशक दीपाश्री निरौला र निर्माता सुमन गिरी ‘भान्जा’ समेतलाई फिचर गरिएको छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मस्को संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा केकी अधिकारी, दिपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, बुद्धि तामाङ, रजनी गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । फिल्ममा सल्लाहकार निर्देशकको रुपमा दीपाश्री निरौला रहेकी छिन् ।

रोहित अधिकारीको निर्माण रहेको फिल्ममा कार्यकारी निर्माताको रुपमा केदार प्रसाद घिमिरे र जितु नेपाल रहेका छन् । फिल्मका सह(निर्मातामा ताराचन्द्र बजगाई निशान, सुमन गिरी भान्जा, केशव न्यौपाने, दिपेन्द्र खनिया, सुरज बम ठकुरी, रबिन डाँगी लगायत रहेका छन् ।

निर्देशक दीपेन्द्र लामाकै कथा रहेको फिल्ममा पटकथा दीपकराज गिरीको रहेको छ भने दीपकराज गिरीसंगै केदार प्रसाद घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीको संवाद, रोशन श्रेष्ठको द्वन्द, हरी हुमागाईको डिओपी, कविराज गहतराजको कोरियोग्राफी, बिपिन मल्लको सम्पादन रहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय