शारदालाई छायाछबी नारी रंगपत्रकारीता पुरस्कार प्रदान

२०७६ भाद्र १४, शनिबार १९:३५ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

छायाछवी क्रियशनले पत्रकार शारदा थापालाई छा“याछबी नारी रंगपत्रकारीता पुरस्कार २०७६ प्रदान गरेको छ । छैठौं तिज म्युजीक अवार्ड २०७६ को अवसरमा शारदा थापालाई नगद ६ हजार ६ सय ६ रुपैया“ सहित पुरस्कार प्रदान गरीएको हो ।

चलचित्र क्षेत्रका त्रिमुर्तीको रुपमा लिईने बरिष्ठ कलाकार बसुन्धरा भुषाल, नेपालको पहिलो नायिका भुवन चन्द , चैत्यदेबी र शान्तिप्रीयले नगद सहित कदर पत्र प्रदान गरेका हुन ।


झन्डै डेढ दशक देखि शारदा थापाले निरन्तर संञ्चारमाध्यमका अडियो भिज्युअल मिडिया मार्फत रंगपत्रकारीता गरीरहेकी छन् भने अन्य बिधामा पनि उनको उत्तिकै सक्रियता रहेको छ ।

नारीलाई प्रोत्साहन तथा योगदानको उच्च मुल्यांकन गर्दै पुरस्कार प्रदान गरीएको छांयाछवी क्रियशनका अध्यक्ष तथा बरिष्ठ चलचित्र पत्रकार शान्तिप्रीयले बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय