मिडियाले फ्ल्पको को ट्याग लगायो – मिरुना

२०७६ भाद्र १४, शनिबार १७:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

 

नायिका मिरुना मगरले मिडियाले आफ’लाई फ्लप हिरोइनको ट्याग लगाएको बताइन । उनले आफुले काम पाउंदा पाउंदै फ्ल्प हिरोईन भनेको बताएकी छन् । उनले आफुले खेलेको फिल्म असफल हुनुसंग मतलब नराखी आफुले काम पाएकोमा सफल ठानेकी हुन ।

फ्लप फिल्ममा ह्याट्रिक गरेकीअभिनेत्री मिरुना मगर र्शकको मायालाई आफ्नो सफलता मान्छिन् । ‘च च हुई’ ले फ्लप श्रृंखलामा पूर्णविराम लगाउनेमा कति विश्वस्त हुनुहुन्छ  भन्ने सञ्चारकर्मीको प्रश्नमा उनी कड्किइन् । उनले उल्टै प्रश्न गरिन्( ‘हिट र फ्लप केलाई मान्ने रु’ कलाकारलाई फ्लपको ट्याग लगाउने र हटाउने काम मिडियाको रहेको उनको भनाई छ । उनी आफूलाई जुन ट्याग दिए पनि दुःखी नहुने बताउँछिन् ।

‘दर्शकको माया पाइरहेको छु । एकपछि अर्को फिल्ममा काम गर्ने अवसर पाएको छु । यसलाई फ्लप भनिन्छ भने सायद म फ्लपै होला । तर, म आफ्नो कामबाट सन्तुष्ट छु’, उनले ओठमा मिठो मुस्कान च्याप्दै भनिन् । मिरुनाको यो कुरा चित्त बुझाउने बाटो हुनसक्ला तर व्यवहारिक रुपमा एउटा कलाकारको करिअर मजबुत बनाउन फिल्मको व्यापारिक नतिजा महत्त्वपूर्ण रहन्छ । लगातार फिल्म पाउनुले सफलताको मापन गर्दैन ।

अभिनेता द्वय सौगात मल्ल र विपिन कार्की स्टारर फिल्म ‘लालपूर्जा’ बाट डेब्यू गरेकी अभिनेत्री मिरुना मगरको चौथो फिल्म ‘च च हुई’ आउँदो मंसिर ६ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा उनले अभिनेता आर्यन सिग्देलसँँग रोमान्स गरेकी छन् ।

मिरुनाले ‘लालपूर्जा’ पछि अहिलेका चल्तीका अभिनेता प्रदीप खड्कासँग ‘रोज’ मा काम गरेकी थिइन् । यसले उनलाई दर्शकको ठूलो वर्गमा चिनाउन ठूलो मद्दत गर्‍यो । गएको महिना उनको तेस्रो फिल्म ‘साइनो’ प्रदर्शनमा आएको थियो । तर, दुर्भाग्य १ उनले अभिनय गरेका तिनै फिल्म बक्सअफिसमा पत्तासाफ भए ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय