निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक

२०७६ भाद्र ४, बुधबार १५:५० ,प्रकाशित
अनुमानित पढ्ने समय : 2 मिनेट

बिहे भएको तीन बर्षपछि निर्माता छविराज ओझा र नायिका शिल्पा पोखरेलेको विवाहको तस्बिर सार्वजनिक भएको छ । सभस्त इन्टरटेमेन्ट डटकमले पारपाचुकेको प्रक्रियामा रहेका छवि र शिल्पाको बिवाहको तस्बिरहरु सार्वजनिक गरेको हो ।

छवि र शिल्पाले वि.स.२०७३ असार २९ गते विवाह गरेका थिए । बेहुला बेहुलीको भेषमा रहेका छवि र शिल्पाको विवाहमा केही पारिवारिक सदस्य र फिल्म क्षेत्रका सिमित व्यक्तिहरुलाई देख्न सकिन्छ । बिहेमा छविको बायाँ हातमा प्लास्टर गरिएको छ । त्यतिबेला छविको हात भाँचिएको बताइन्छ ।

यस्तै छवि र शिल्पाको डिभोर्सको फाइल चलिरहंला छविकी जेठी श्रीमती हेमा ओझाले दुईलाई बहुविवाहको मुद्धा दर्ता गराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय