फिल्म ‘हजार जुनीसम्म’को विशेष शो

२०७६ भाद्र २, सोमबार १४:३४ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

फिल्म ‘हजार जुनीसम्म’को विशेष शो गरिएको छ । गरिएको हो ।

सोमबार, हात्तिसारस्थित जय नेपाल हलमा नियमित शोमा फिल्मको विशेष   शोमा फिल्मका केही सदस्य, केही फिल्मकर्मी र सञ्चारकर्मी उपस्थित थिए । नायक आर्यन सिग्देलले विशेषमा शो सकिएपछि मिडियासँग बोल्च चाहेनन् भने नायक सलोन बस्नेत, नव नायक अखिलेश प्रधान, बाल कलाकार अनुभव रेग्मी, निर्माता कविता रेग्मीले दर्शकबाट फिल्मलाई राम्रो प्रतिक्रिया मिलिरहेको बताए । निर्देशक विकास आचार्य सहित फिल्मका अन्य मुख्य कलाकार नै विशेष शोमा उपस्थित भएनन् ।

बाल गायक आयुष केसीले हजार जुनीसम्म मन परेको प्रतिक्रिया दिए । पारिवारिक प्रेम कथामा बनेको हजार जुनीसम्म गत बिहिबारदेखि प्रदर्शनरत छ । फिल्मले अपेक्षाकृत दर्शकको साथ पाइरहेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय