टेलिफोनको टावर’ बोलको गीतको भिडियो सार्वजनिक

२०७६ श्रावण २६, आईतवार ०४:४७ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायक आकाश श्रेष्ठ र मोडल एलिसा राईलाई फिचरिङ गरिएको ‘टेलिफोनको टावर’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । गीतकार अम्बिका गुरुङको शब्दमा तयार भएको गीतमा लेखु सहयात्री र मेलिना राइको स्वर, दिपक शर्माको संगीत छ । यो गीतले विशेषगरि, केटाकेटीको रोमान्टिक प्रेम देखाउँछ ।

गुरुङले दर्शकको मुखमा झुन्डिने शब्दहरु कोरेकी छिन् । भिडियोमा नायक आकाश श्रेष्ठ र मोडल एलिसा राइको जोडी सुहाएको छ । भिडियोको निर्देशन विधान कार्कीले गरेका हुन् ।

विधानले यसअघि पनि थुप्रै गीतको भिडियो तयार पारिसकेका छन् । राजिव समरको कोरियोग्राफी रहेको भिडियोमा अर्जुत तिवारी र टिमको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय