छवी रशिल्पा बिरुद्ध जेठी श्रीमती हेमाले हालीन बहुविवाहको मुद्धा

२०७६ श्रावण ५, आईतवार १३:०२ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

निर्माता छबीराज ओझा र नायिका शिल्पा पोख्रेलको लफडाकै बीचमा अर्को ट्वीस्ट थपीएको छ । छबीराजकी जेठी श्रीमती हेमा ओझाले छबी र शिल्पा बिरुद्ध बहुविवाहको मुद्धा दर्ता गराएकी छन् ।

हेमाले महानगरीय प्रहरी प्रभाग गौशालामा छवि र शिल्पाविरूद्द आज ५ साउन, आइतबार बहुविवाहको मुद्दा दायर गरेकी हुन् ।


शिल्पाले छविसँग अंशसहित डिभोर्स मागिरहँदा हेमाको पक्षमा फैसला भयो भने बहुविवाहको कानुनअनुरूप छवि र शिल्पालाई एकदेखि ५ वर्षसम्म जेल सजाय र दशदेखि पचास हजारसम्म जरिवानाको सजाय हुन सक्छ ।

छवीराजकी जेठी श्रीमती हेमाबीच २०४१ सालमा विवाह भएको थियो भने हेमाकोतर्फबाट दुई छोरा रहेका छन । हेमा ओझा धरानमा बस्दै आएकी छीन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय