बेनीको कलाकारीता यात्रामा निरन्तरता

२०७६ श्रावण २, बिहीबार ०८:१९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

बिदेशलाई कर्म भुमि बनाएर संघर्ष गर्दै गरेका कलाकार हुन बेनी ढुगाना । सानै देखिको कलाकार बन्ने रहर जिन्दगीमा आएको उतार चढावका कारण केहि ढिला भए पनि हाल भने निरन्तरता दिंदैछन ढुंगानाले कलाकारीता क्षेत्रलाई ।

हाल बेल्जीयममा बसोबास गर्दै आएका कलाकार बेनी ढुंगानालाई म्युजीक भिडियोहरु पछि अब फिल्मको पर्दा मार्फत दर्शकले देख्न पाउनेछन । उल्झन ,होलीडे लगाएतका फिल्ममा अभिनय गरीसकेर रिलिजको पर्खाईमा रहेका कलाकार ढुंगाना अब आफ्नो कलाकारीता यात्रालाई निरन्तर अगाडि बढाउने बताउंछन् ।

राजु अधिकारीले निर्देशन गरेको उल्झन फिल्म अब छिटै प्रदर्शन गर्ने र अर्को नया“ प्रोजेक्टको लागि तयारी भैरहेको कलाकार बेनी ढुंगानले बताए । फिल्म उल्झनमा तेजेन्द्र कंडेल ,हरी कार्कीको लगानी रहेको छ भने रजनी केसी र बेनी मुख्य भुमिकामा रहेका छन् । उनै ढुंगानासंग गरीएको भीडीयो कुराकानी ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय