धुलीखेलमा नायक अनमोलले डराउंदै खेले साहसीक खेल जिपलाईन

२०७६ श्रावण १, बुधबार १६:३३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शारदा थापा

पछिल्लो समय धुलीखेलमा रहेको साहसीक खेल जिपलाईन खेल्न र हेर्नेहरुको मज्जा लिनेको भीड लागीरहेको छ ।

यसैबीच मंगलबार आम नेपालीको क्रेज बटुलेका नायक अनमोल केसी पुगे धुलीखेल थाक्ले स्थित साहसिक खेल जिपलाईन सेन्टरमा । आफ्ना साथीहरुसंग पुगेका नायक अनमोलले क्लासीक जिपलाईन गरेको संञ्चालक समितिले जानकारी दिएको छ ।

क्लासीक जिपलाईन सहित हाई रोप कोर्ष ,भिसेप्ड ब्रीज,बर्मा ब्रीज प्लांक ब्रिज लगाएत खेल खेलेका नायक अनमोलले फोटो भीडीयो भने खिच्न नमानेको तर उनका फ्यानहरुले खिचेको संञ्चालक केदार थापाले बताए ।

नायक भुवन केसीका छोरा नायक अनमोल केसीले आफ्ना पीतालाई नभनी गएकोले डराईरहेका थिए घरमा ड्याडीलाई भनेको छैन म साथीहरुसंग आएको त्यसैले धेरै फोटोहरु नखिच्नु ल भन्दै नायक अनमोलले जिपलाईनको मज्जा लिएको जिपलाईन सेन्टरका कर्मचारीहरुले बताए ।

जिपलाईन अन्य कोर्षहरु गर्दै नायक अनमोलले रमाईलो गर्दै अब फेरि आउने बताएको संञ्चालक थापाले बताए । गत फागुनबाट औपचारीक रुपमा संञ्चालनमा आएको जिपलाईन नेपालकै पहिलो जिपलाईनको रुपमा रहेको छ ,जहा क्लासीक ,सुपरम्यान र कपल जिपलाईन रहेको छ भने बच्चाहरुको लागि समेत बिशेष साहसिक खेलको ब्यवस्था रहेको छ ।

https://www.facebook.com/sharada.thapa.5/videos/2993402177341943/

त्यसैगरी रिल्याक्सेसनको लागि बिबिध साहसिक र रमाईला खेलहरुको ब्यवस्था गरीएकोले युवापुस्ताको क्रेज बढ्दो छ धुलीखेल जिपलाईन सेन्टरमा ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय