राष्टपति भवन शितल निवासमा आयोजीत राष्टिय चलचित्र पुरस्कार बितरण समहारोहमा नृत्य प्रस्तुतीमा समेत सहभागि भएका अभिनेता सरोज खनालले आक्रोश ब्यक्त गरेका छन् ।
सभ्य र राष्टपति निवासमा आयोजना गरीएको कार्यक्रममा कलाकारहरुको लागि उचित ब्यवस्था नभएको भन्दै उनले आक्रोश पोखेका हुन । बिशेष गरी प्रस्तुती दिने कलाकारहरुको लागि भेषभुषा परिवर्तन गर्ने र मेकअप गर्ने स्थान नहुदा दुख लागेको उनले बताए ।
साथै ट्वाईलेटको कम्बोडमा बसेर खिचिएको तस्वीर यतिबेला भाईरल बनेको छ । कार्यक्रममा हलको सिट क्षमता कम भएकोले खचाखच रहेको थियो ।


