नायिका रेखाको निर्देशक रेनशा

२०७६ असार ३१, मंगलवार ०५:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका रेखा थापाले नयाँ चलचित्र निर्माण थालेकी छिन् । रेखा फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम फाइनल गरिएको छैन । चलचित्रका लागि रेखाले निर्देशकको रुपमा रेनशा वान्तवा राइलाई फाइनल गरेकी छिन् । रेखा र रेनशाविच कागजी संझौता भएको हो ।

रेनशाले निर्देशन गरेको पहिलो चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ पछि अहिले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशन गर्ने तयारीमा छिन् । यही विचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् ।

यो चलचित्रको अहिले कथामा धमाधम काम भैरहेको छ ।  छैन ।
नायिका रेखा थापाले ‘मालिका’ चलचित्र असफल भएपछि नयाँ चलचित्रका लागि लामै समय होमवर्क गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय