विराज भट्टको ‘साङ्लो ’ विवादमा

२०७६ असार ६, शुक्रबार ११:२६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

एक्सन स्टारर विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भैरहेको सिनेमा ‘साङ्लो ’ विवादमा  तानिएको छ । डोटीको जोरायल गाउँपालिकाले १० लाख रकम  साङ्लो सिनेमालाई दिए पछि स्थानीयले विरोध गरेका हुन् ।

गाउँपालिका अध्यक्ष दुर्गादत्त ओझाले सिनेमाको टीमलाई खान, बस्न र यातायात खर्चका लागि बजेट छुट्टयाएको बताए । उनले सिनेमामा अभिनयसमेत गरेका छन् । तर, अध्यक्ष ओझाले सबैको सल्लाहमा ‘पर्यटन प्रवर्द्धन’ शिर्षकमा उक्त रकम सिनेमालाई दिइएको बताए । सिनेमामा विराज भट्टको निर्माण, निर्देशन तथा अभिनय पनि रहेको छ । यस विषयमा अभिनेता तथा निर्देशक विराज   भट्टले अहिलेसम्म मुख खोलेका छैनन् ।

एक्सन स्टारर विराज भट्टको निर्माण तथा निर्देशनमा तयार भैरहेको सिनेमा ‘साङ्लो’मा हाल सुदुरपश्चिम प्रदेशको डोटी जिल्लामा भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय