प्रेमगित ३ बाट राजेश हमाल बाहिरिए

२०७६ असार २, सोमबार ०९:२३ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अभिनेता राजेश हमालले फिल्म ‘प्रेगमीत ३’ नखेल्ने टुंगो लागेको छ ।

आइतबार बेलुका निर्माता कम्पनी आशुसेन फिल्मस र हमाल निकटवर्तीबीच छलफल भएको थियो ।

हमाल निकट रोशन हमालका अनुसार राजेशले फिल्म नखेल्ने निर्णय गरेका हुन् । निर्माता सन्तोष सेनले पनि सेड्युल नमिलेको भन्दै फिल्म खेल्न हमालले नमानेको कुरा बताए ।

निर्माण पक्षका अनुसार नायक राजेश हमालले दुई महिना अगाडि प्रेम गित ३ खेल्ने निर्णय गरेका थिए ।

निर्माताले यसअघि नै हमाल फिल्ममा हुने र उनले नायकको बुवाको भूमिका गर्न लागेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय