‘घर’को ट्रेलर सार्वजनिक

२०७६ जेष्ठ २६, आईतवार ०६:१६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

अर्पण थापाको लेखन तथा निर्देशनमा तयार भएको चलचित्र ‘घर’को ट्रेलर सार्वजनिक भएको छ । युटुबबाट सार्वजनिक गरिएको ट्रेलरमा एउटा घरको कथा देखाइएको छ ।

डीएस डीजिटलको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् । ‘घर’को ट्रेलर हरर जनराको छ । नेपालमा हरर जनरामा राम्रो चलचित्र नबनिरहेको अवस्थामा यो ट्रेलरले भने उत्सुकता जगाएको छ ।

चलचित्रमा अर्पण थापा, सुरक्षा पन्त, बेनिशा हमाल लगायतका कलाकारको मुख्य भूमिका छ । एउटा घरमा बसेका श्रीमान् श्रीमतीले त्यो घरमा भोगेको आत्मासँगको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । मिलन श्रेष्ठको सम्पादन रहेको चलचित्रमा निरज कँडेलको छायांकन छ । यो चलचित्र साउनको ३ गतेबाट रिलिज हुँदैछ । चलचित्रमा सन्तोष अधिकारीको सह–लगानी छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय