प्रियंकाको कान्स रेडकार्पेटमा हिँड्ने धोका अधुरै

२०७६ जेष्ठ १४, मंगलवार ०८:१० ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

विश्वकै प्रतिष्ठित मध्येको एक कान्स फिल्म फेस्टिभल शनिबारदेखि सकियो ।

कान्स सुरु नहुँदै काठमाडौंमा चर्चित भैसकेको थियो । नेपाली फिल्मले भाग लिने कुराले हैन, बरु अभिनेत्री प्रियंका कार्कीले कान्स रेडकार्पेट नाप्ने खबरले । नेपाली सेलेव्रिटी कान्स प्लेटफर्म पुगेर हिँड्नु खुशिकै कुरा हो तर, हिँडेन भने त्यो भन्दा दुःखको कुरा अरु हुँदैन ।

केही स्टार जमघट पार्टी र फिल्म स्क्रिनिङमा मात्र प्रियंकाको कान्स सीमित रह्यो । प्रियंका रेडकार्पेटमा हेर्ने आशामा बसेकाहरु निराश त्यतिबेला भए जतिबेला इन्डोर पार्टी फोटो र इन्स्टाग्राम स्टोरी पो आउन थाले । अर्को कुरा, सबै मोबाइलबाट खिचिएका तस्विर मात्र सार्वजनिक भएका छन् उनका ।

कान्सले पहिल्यै रेडकार्पेटमा हिँड्नेको सूचि सार्वजनिक गर्छ । यसपटक पनि हलिउड र बलिउडका केही ठूला सेलेव्रिटीले पनि कान्स रेडकार्पेटका लागि मौका नपाएको खबर छ । अर्को कुरा, रेडकार्पेटमा सर्वसाधारणलाई प्रवेश हुँदैन । मोबाइल फोटो र सेल्फी ब्यान्ड गरिएको पहिल्यै हो ।

यी तथ्यले गर्दा प्रियंकाको कान्स रेडकार्पेटमा हिँड्ने धोका अधुरै रह्यो । नेपाल छाड्नुअघि उनले कान्स रेडकार्पेट भनेरै स्टाटस समेत लेखेकी थिइन् । लेखाइ र गराइको यो दूरी नमेटिँदा स्वभाविकरुपमा प्रशंसकलाई पीडा दिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय