मिडियाले दुश्मन बनाइदिएको बर्षाको गुनासो

२०७६ जेष्ठ ९, बिहीबार ०४:३१ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

नायिका बर्षा राउत आइतबार नायिका बर्षा सिवाकोटी अभिनित चलचित्र ‘वीर विक्रम २’ हेर्न कुमारी हल पुगेकी छिन् ।

चलचित्र हेरेर निस्किएकी बर्षा राउतले आफू र बर्षा सिवाकोटीविच कुनै पनि खालको दुश्मनी नभएको बताइन् । उनले भनिन्–‘मैले पहिलेदेखि नै यो चलचित्र हेर्ने सोच बनाएकी थिएँ । आज जुर्यो । चलचित्र एकदमै राम्रो बनेको रहेछ । वर्षाको काम मन पर्यो ।’

नायिका सिवाकोटीले चलचित्र क्षेत्रमा आफूहरु मिल्ने साथी भएपनि मिडियाले नै दुश्मन बनाइदिएको गुनासो गरिन् । उनले भनिन्–‘हामी बारम्बार स्पष्ट पार्दापार्दै थाकिसक्यौं । हामीविचमा कुनै पनि खालको दुश्मनी छैन । सायद, नाम एउटै भएर पनि मिडियाले यसलाई मसला बनाएको होला ।’

दुई बर्षाले आफूहरुले एकसाथ चलचित्र खेल्ने संभावना रहेको बताए । दुई वर्षाले एकसाथ चलचित्र खेल्ने अवस्था आएको छैन । बारम्बार आउँदा पनि टरिरहेको छ । तर, उनीहरुले चाडै नै यो संभव हुने समेत सुनाए ।
नायिका वर्षा सिवाकोटीले वर्षा राउत अभिनित चलचित्र ‘जात्रै जात्रा’ पनि आफूले हेर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय