चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज

२०७६ जेष्ठ ९, बिहीबार ०३:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

चलचित्र ‘प्रेमदिवस’को ट्रेलर रिलिज भएको छ । जेठको ३१ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलरमा दुई यूवासँग एक यूवतीको प्रेम देखाइएको छ । रियल मोसन पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, हेमन्त वुढाथोकी, शिवशंकर रिजालको साथमा नव–नायक विशाल कट्टेलको अभिनय छ ।

चलचित्रमा प्रदिप भारद्धाजको लेखन, कविराज गहतराको कोरियोग्राफी, रोशन श्रेष्ठको एक्सन, बनिष शाह र मिलन श्रेष्ठको सम्पादन, मानकृष्ण महर्जनको छायांकन छ ।

योगेश घिमिरेको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता संजय न्यौपाने हुन् भने मनेष दाहाल यसका निर्माता हुन् । चलचित्रमा नायिका प्रियंका कार्कीको प्रेममा परेका धनी र गरिब दुई यूवाको कथा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय