डीआइडी लिटिल मास्टर्स सिजन ३’की विजेता तेरिया मगर अहिले बुधबार काठमाण्डौको कुमारी हलमा चलचित्र ‘वीर विक्रम २’को प्रिमियरमा पुगिन् ।
चलचित्रको प्रिमियरमा पुगेकी तेरियाले आफूलाई चलचित्रले कतै रुवाएको, कतै हसाँएको प्रतिक्रिया दिइन् । उनले, केही समय अगाडि चलचित्र खेल्ने समाचार पनि आएको थियो । यस बिषयमा तेरियाले भनिन्– गलत कुरा । चलचित्र खेल्न लागेको भन्ने खबर आउँदा म पनि अचम्मित भएकी थिएँ । अहिले त्यो बिषयमा कुनै सोच छैन ।’


