नयाँ चलचित्र ‘छ माया छपक्कै’को घोषणा कार्यक्रममा नायिका केकी अधिकारीले आफ्नो पहिलो चलचित्र कपी भएको स्विकार गरेकी छिन् । केकीले भनिन्–पहिलो चलचित्रमा गल्ती भयो ।
सुरुमै कपी चलचित्र बन्न पुग्यो । म फेरि त्यो गल्ती नदोहोरियोस् भन्ने कुरामा सजग छु ।
मबाट धेरै गल्ती भएको थियो पहिलो चलचित्रबाट, त्यो अरुबाट पनि हुन्छ । कोशिश गर्न छाड्नुहुन्न ।
पहिलो फिल्ममा कपी बन्न पुग्यो आरोप लाग्यो । फेरि त्यो नदोहारियोस् भनेर म लागिरहेको छु ।


