धेरैलाई लाग्न सक्छ बरिष्ठ कलाकारकारका छोराछोरीसंग कस्तो सम्बन्ध होला ? बाबु छोराको सम्बन्धमा आदरसत्कार धेरै हुन्छ, गर्नुपनि पर्छ । तर यहा सन्दर्भ छ बरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको बाबुछोराको ।
जिन्दगीको उतारचढावसंगै कलाकार मदनकृष्ण श्रेष्ठले पत्नीवियोग सहनु पर्यो हाल स्वास्थ्यमा अली गडबडी छ अरु सबै ठिक छ भन्छन् । उमेरले ७० बर्ष टेक्नै लागेका कलाकार मदनकृष्ण श्रेष्ठ कतै स्टेज कार्यक्रम वा अन्तवार्तामा आफ्ना पीडा भुल्न खोज्छन् तर आफ्नो पत्नीको सम्झनामा भावुक हुन थाल्छन् ।
हाल उनको साथमा छोरा यमन श्रेष्ठ छन् आफ्नो लागि अमेरीकानै त्यागेर आएका छोराप्रति मदनकृष्ण श्रेष्ठ नतमष्तक छन् । उता छोरा यमन भन्छन ड्याडले अमेरीका ठुलो की बाबु ठुलो भनेपछि केही भन्ने कुरै छैन बाबुनै ठुलो भनेर अमेरीका त्यागेर आए ।
अमेरीका छोड्न यमनलाई कुनै गाहे नभएको बरु नेपालमा आएर आफ्नै बाबाको बाटोमा हिंड्दा आनन्द भएको बताउंछन् । हाल महसंञ्चार निर्मित दालभात तरकारीको प्रमोशनमा समेत रहेका बाबुछोरा मदनकृष्ण श्रेष्ठ र छोरा यमन संग गरीएको रमाईलो भीडीयो हेरेर थाहा पाउनुहोस बाबुछोराको सम्बन्ध र त्याग ।


