पहिलो पटक निर्देशक तथा निर्माता मिलन चाम्सले ब्यान्ड बाजा बजाएर फिल्म ‘बीर विक्रम’ को प्रिमियर गरेका थिए । जेठ ३ मा प्रदर्शनमा आउने फिल्मबीर विक्रम २ को जेठ १ गते पर्पल कार्पेट प्रिमियर हुँदैछ ।
फिल्ममा अभिनय गर्ने कलाकारदेखि नेपथ्यमा बसेर काम गर्ने प्राविधिकहरुको सम्मानका लागि पर्पल कार्पेट प्रिमियर आयोजना गर्न लागेको निर्देशक चाम्सले जानकारी दिएका छन् ।
’ फिल्मको राजधानीमा रहेको कुमारी हलमा प्रिमियर हुनेछ । प्रेम र मित्रताको कथामा निर्माण भएको यस फिल्ममा अभिनेता द्वय पल शाह र नाजिर हुसेनसँगै अभिनेत्री वर्षा सिवाकोटी लिड रोलमा छन् ।
कलाकार बुद्धि तामाङ भिलेनको रुपमा प्रस्तुत भएका छन् । प्रदीप भारद्धाजको कथामा बनेको ‘बीर विक्रम २’ का छायाँकार सुदीप बराल हुन् ।


