हांस्य कलाकार किरण केसीको रातामकै गेट उद्घाटन (भीडीयो )

२०७६ बैशाख १७, मंगलवार १३:५६ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

हांस्य बिधामा लोकप्रीय कलाकार तथा चलचित्र निर्माता किरण केसी रातामकै उपनामले चिनिन्छन् । टेलीसीरीयलमा उनले बोलेको संवाद रातामकै नै परिचय बनेको छ ।

उनको परिचयमात्र बनेन ललितपुरको ईमाडोलमा टोलकै नाम, रातमकै मार्ग ,रातामकै चोक रहेको छ । आफ्नो संवादबाट आफ्नो टोलकै नाम बनेपछि कलाकार किरण केसीले रतामकैे गेट आफ्नै निजीखर्चमा निर्माण गरे र आईतबार उद्घाटन गरीयो ।

महालक्ष्मी नगरपालीकाका मेयर रामेश्वर श्रेष्ठ र बरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिबंश आचार्यले संयुक्तरुपमा रातमकै गेटको उद्घाटन गरे । करिब १२ बर्ष अघि नामांकन भएको रातामकै मार्ग र रातामकै चोकका कारण आफुलाई गेट बनाउन प्रेरीत गरेको कलाकार किरण केसीको भनाई छ । आफ्नो नीजि खर्च ७ लाखमा गेट निर्माण भएको किरण केसीले बताए ।

यतिबेला दालभात तरकारीको प्रचारप्रसारमा चलचित्र निर्माता तथा कलाकार किरण केसी ब्यस्त छन्
भिडियो कुराकानी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय