सन्दीपको ३ ओभरमा तीन विकेट

२०७६ बैशाख १४, शनिबार १६:३९ ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

शनिबारको खेलमा नेपाली लेग स्पीनर सन्दीप लामिछानेले चम्किएका छन्।

इन्डियन प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको दिल्ली क्यापिटल र किंग्स इलाभेन पञ्जबीचको खेलमा सन्दीप चम्किएका हुन्।
सन्दीपले तीन ओभर बलिङ गर्दा तीन विकेट लिएका हुन्।

व्यक्तिगत पहिलो ओभरमा सन्दीपले केएल राउललाई १२ रनमा आउट गरे। सन्दीपका लागि दोस्रो ओभर भने महंगो सावित भयो। क्रिस गेललाई चार चौका दिए।

व्यक्तिगत तेस्रो ओभर बलिङ गर्न आएका सन्दीपले १२।२ ओभरमा गेललाई आउट गरे। गेल ३७ बलमा ६९ रन बनाएर आउट भएका हुन्। १२।६ मै सन्दीपले एसएम कुरानलाई पहिलो बलमै आउट गरे।

तीन ओभर बलिङ गर्दा सन्दीपले तीन विकेट लिएर ३३ रन मात्र दिएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय