नायक सौगात मल्ल निर्देशक सुवर्ण थापाको फिल्म ‘राम राम’मा अनुबन्धित भएका छन् । मुख्य कलाकार सौगातका अलवा निर्माण टिमले निर्देशकको रुपमा सुवर्ण थापालाई पनि अनुबन्धित गरेको हो ।
सुवर्ण र सौगातले यसअघि ‘फन्को’ नामक सिनेमामा एकसाथ काम गरेका थिए । डाइमोण्ड स्टार फिल्मस्को व्यानरमा निर्माण हुने सिनेमाका कथा तथा पटकथाकार दिनेश महत हुन् ।
दशैबाट छायांकनमा जाने तयारीमा रहेको सिनेमामा अहिले अन्य कलाकारहरु छनोटको कार्य चलिरहेका पटकथाकार दिनेश महतले बताए । फिल्ममा अष्ट्रेलिया, जापान र हङकङमा बस्ने नेपालीको लगानी रहने छ ।
कथाकार महतका अनुसार सिनेमा निर्माण अगावै विभिन्न देशमा सिनेमाको विदेश प्रदर्शन राइट्स बिक्रि भैसकेको छ ।


